• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

हाम्रो बारेमा

२०१३ सालबाट औपचारिक यात्रा सुरु भएको नेपालको सहकारीको विकासक्रम सहकारीका स्थापित मूल्य मान्यता तथा सिद्धान्तहरु अन्तरगत सञ्चालन हुदाँ अझ बढी सशक्त रुपमा अघि बढिरहेको छ । आर्थिक, सामाजिक, साँस्कृतिक तथा वातावरणीय रुपमा सहकारीको माध्यमबाट समुदायमा विकास र समृद्धि ल्याउन वा प्राप्त गर्न सकिन्छ भन्ने अठोटका साथ सुरु भएको अभियानमा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा २०१७ सालमा पाँचखाल बहुमूखि सहकारीको स्थापना बाट सहकारीको सूरुवात भएको पाइन्छ । क्षेत्रगत रुपमा रहेका तत्कालिन समयका ९ वटा साझा सहकारीको पहलमा २०२४ साल भाद्र २६ गतेका दिन सहकारी विभागमा दर्ता नं २/९/२०(३४२)०२४ सहित विधिबत रुपमा स्थापित जिल्ला साझा संघनै हालको जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोक हो ।

सहकारी ‌अभियानको मुलमर्म मुताविक जिल्लामा दर्ता भई संचालनमा रहेका सहकारी संघ/संस्थाहरुको जिल्ला स्तरीय शिर्ष छाता संघका रुपमा रहेको यस संघले आवद्ध संघ/संस्थाहरुको विकास, प्रवर्द्धन र विस्तार गर्दै विभिन्न तालिम, गोष्ठि, सचेतना लगाएत प्रबर्द्धनात्मक कार्यहरु मार्फत संस्था संचालनका विधिहरुको निरन्तर सिकाई, आन्तरिकीकरण र सहकार्य, नयाँ नयाँ प्रविधिको विकास, प्रवर्द्धन र संस्थागत सशक्तिकरण गर्दै आवद्ध संघ/संस्थाहरु मार्फत समग्र समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नयनका लागि सहकारी संचालनका सिद्धान्त तथा मुल्य मान्यताहरुको अवलम्बन गर्दै आएको छ । हाल सम्म जिल्लामा दर्ता कायम भएका ७ विषयगत संघहरु सहित ५४५ सहकारी संघ/संस्थाहरु यस संघमा एकतावद्ध भएकोमा; आवद्ध संघ/संस्थाहरुलाई वित्तीय सेवा साथै संस्थागत विकासका लागि विभिन्न तालिम, गोष्ठी तथा अन्तरक्रिया सहित अन्य गैरवित्तीय सेवाहरु मार्फत काभ्रेपलाञ्चोक जिल्लाको समग्र सहकारी अभियान विकासको अनन्त यात्रामा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोक अघि बढि रहेको छ ।


थप जानकारी को लागी सम्पर्क गर्नुहोस