• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

सन्देश

दिलिप शर्मा (अध्यक्ष)

सहकारी संस्थाहरुको क्षमता विकास, नेतृत्व विकास, शुसासन, पारदर्शिता र जवाफदेहिताका पक्षहरु मजबुद हुँदा सिंगो अभियानले जीवन्तता पाउँछ भन्ने बुझाई सहकारी अभियानमा लाग्ने जो कोहिको पनि साझा बुझाई हो ।सशक्त रुपमा यस संघमा नेतृत्वमा रहि कार्यहरु सञ्चालन गर्नेहरुका लागि यो बिषयले अझ बढी जिम्मेवारी बनाउँदछ । यसै आधारलाई स्थापित गर्दै जिल्लाका १३ वटै पालिकामा रहेका सहकारी संस्था र संघहरुको चौतर्फी विकास र आम शेयर सदस्यहरुको समेत समृद्धिका लागि अभियानकर्मीहरुको एकता, विस्वास अनि सहमती र सहकार्य अझ झन कसिलो हुनुपर्नेमा हामी विस्वास गर्दछौं । यसै आधारमा हामीले जिल्लाको सहकारी अभियानमा सहकारी क्षेत्रमा आबद्ध करिव ३ लाख ८३ हजार भन्दा बढी सहकारीकर्मीहरुको विस्वास र भरोसालाई सम्मान गर्दै सँधै सहकारीलाई टिक्ने, बिक्ने सिक्ने पाठशालाको रुपमा विकसित गर्दै आम जनाताहरुलाई स्वरोजगार, जीविकोपार्जन र आय आर्जनका लागि आधार तयार गरी दीर्घकालिन महत्वका योजना तथा कार्यहरुलाई अगाडि बढाउँदै लानुपर्ने हाम्रा जिम्मेवारीहरुलाई तीखार्नुपर्ने दायित्व हाम्रो काँधमा थपिएको छ । शोषण विहिन आर्थिक सम्वन्धहरु प्रवर्धन गर्ने शक्तिको रुपमा सहकारीलाई विकसित गर्नु हाम्रो दायित्व समेत रहेको छ । जिल्लामा रहेका सबै पालिकाहरुसँगको सम्पर्क, समन्वय, गर्दै परिवर्तीत अवस्थामा संघ र प्रदेशका सहकारी ऐन, नियमावली र स्थानीय तहहरुले निर्माण गरेका सहकारीका ऐन र नियमावली, कार्यविधिहरु प्रति सचेत गराउँदै स्व नियमन र अनुगमनका बिषयहरुमा जवाफदेहि रुपमा सचेत गराउने कार्य हामी सहकारी अभियानकर्मी तथा जिल्ला सहकारी संघका नेतृत्वमा रहेको सबैले ग्रामीणस्तरसम्म पुर्याउनु पर्ने हाम्रो जिम्मेवारी रहेको छ । सहकारी मन्त्रालय, विभाग, राष्ट्रिय सहकारी महासंघ, सहकारी विकास बोर्ड, प्रदेश सहकारी महाशाखा, केन्द्रिय संघहरु तथा विभिन्न सरोकारवाला निकायहरुसँगको निरन्तर सम्पर्क र समन्वय सहित यस अभियानलाई सार्थक निष्कर्षमा पुर्याउनका लागि र जिल्लाका सहकारी अभियानलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पुर्याउनका लागि हामी र हाम्रो भूमिकालाई अत्यन्त मसिनो ढंगले अगाडि बढाउने हाम्रो अभियान हुनेछ र हुनुपर्दछ । जिल्लामा सुविधा सम्पन्न आफ्नै भवन सहितको प्रविधि मैत्री पूर्वाधार निर्माण गरी आम सहकारी संघ/संस्थाहरुलाई दीगो एवं भरसिलो सेवा सहितको क्षमता विकास गर्दै भविस्यमा नेतृत्व प्रदान गर्न सक्ने दक्ष मानव संसाधन तयार गर्दै उत्कृष्ट जिल्ला सहकारी संघ निर्माणको अभियानमा निरन्तर लागि पर्ने प्रण तथा प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।