• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

वित्तिय सेवा

.
बचत
१. नियमित बचत यस बचत खातमा मासिक रुपमा रु. ५००/– रु. १,०००/– र रु. २,०००/– वा सो भन्दा माथिको दरले नियमित रुपमा रकम जम्मा गर्न सकिन्छ । यस बचत खातामा चेक जारी गरिने छैन । यस बचत खातामा जम्मा भएको निक्षेपको ९० प्रतिशत सम्म कर्जा लिन सकिन्छ । यस खातामा दैनिक मौज्दातमा ब्याज गणना गरिन्छ भने त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ । यदि संघबाट सदस्यता फिर्ता लिएको खण्डमा सम्पूर्ण रकम भुक्तानी गरिने छ । २. साधारण बचत साधारण बचत खाता न्यूनतम रु. १,०००/– मा खोल्न सकिन्छ । यस खाताको रकम जुन सुकै बेलामा झिक्न र जम्मा गर्न सकिन्छ । यस प्रकारको खातामा दैनिक व्याज गणना गरि त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ । ३. सुपर बचत शुपर बचत खाता न्यूनतम रु. १,००,०००/– मा खोल्न सकिन्छ । यस खाताको रकम जुन सुकै बेलामा झिक्न र जम्मा गर्न सकिन्छ । यस प्रकारको खातामा दैनिक व्याज गणना गरि त्रैमासिक रुपमा व्याज भुक्तानी गरिन्छ । ४. आवधिक वचत संघमा आवद्ध संस्थाहरुले मुद्धती/आवधिक बचत खाता ३ महिने, ६ महिने र १ वर्षको खोल्न सक्ने छ । यो मुद्धती खाता रु. १,००,०००/– देखि जति पनि रकममा संचालन गर्न सकिन्छ । यस मुद्धती समय अवधिका आधारमा ब्याजदर फरक रहने छ । यस बचत खातामा जम्मा भएको निक्षेपको ९० प्रतिशत सम्म कर्जा लिन सकिन्छ । कर्जाको म्याद निक्षेपको समय अवधि भन्दा अगावै समाप्त हुने गरी कायम गरिने छ । यस निक्षेपमा दिईने कर्जाको ब्याजदर सम्बन्धित बचतको व्याज दरमा २ प्रतिशत थप हुनेछ । आवधिक बचतखाताको ब्याज गणना तथा भुक्तानी आपसी सहमतिमा तय गरिनेछ । ५. क्रमिक बचत यस संघमा सदस्यता लिई आवद्ध भएका प्रारम्भिक संस्थाहरुलाई नियमित बचत गराई संघको आर्थिक करोवार बृद्धि तथा संस्थाहरुसँग नियमित सम्पर्कमा रहि रहने हेतुले यो क्रमिक बचत योजना लागु गरिएको छ । सदस्य संस्थाहरुले मासिक न्यूनतम रु. ५,०००।– वा रु. ५,०००।– ले भाग जाने बढीमा रु. ५०,०००।– सम्मको स्किममा हरेक महिना समान रकम जम्मा गर्न सक्नेछन् । यो वचत योजना २०७९ साल कार्तिक १५ गते बाट लागु भइ कार्यान्वयन हुनेछ । यो योजनामा वार्षिक व्याजदर १२.५ प्रतिशत हुनेछ, साथै व्याज अर्ध बार्षिक रुपमा पूँजिकरण गरिनेछ । यो योजनामा सहभागी हुने सदस्य संस्थाहरुको वचत रकम र सो वचत वापत १२ प्रतिशत व्याजले पूँजिकरण हुँदै जाने व्याज रकम समेत एकमुष्ठ बचत योजनामा सामेल भएको मितिले ३ बर्ष पुरा अर्थात ३६ महिना बचत जम्मा भए पश्चायत २५ दिन पछि भुक्तानी दिईनेछ ।सो मितिमा भुक्तानी नलिने सदस्य संस्थाहरुकोे रकम बचत योजनामा सामेत हुदा देहायको संघको वचत खातामा जम्मा गरिदिई जुनसुकै बेला झिक्न पाउने गरी लेखा राखिनेछ । आफूले जम्मा गरेको रकम मध्ये बढीमा ९० प्रतिशत सम्म सेवा शुल्क रहित हुने गरी थप २ प्रतिशत व्याज (अर्थात १४.५ प्रतिशत व्याज) मा मासिक किस्ताबन्दीमा कर्जा सुबिधा उपभोग गर्न पाउने व्यवस्था हुनेछ । प्रचलित कानून बमोजिम सदस्यता त्याग गर्नुपर्ने अबस्था भएमा उल्लेखित व्याज दरले जम्मा गरेको अबधि भित्र व्याज गणना गरी वचत र व्याज समेत एकमुष्ठ संस्थाले फिर्ता÷भुक्तानी गर्नेछ । व्याजदर परिवर्तनका हकमा माथि उल्लेखित व्याजदर आवश्यकता अनुसार संघको सञ्चालक समितिले बजारमा हुने आर्थिक क्रियाकलापलाई ध्यानमा राखिपरिमार्जन गर्नसक्ने छ । क्रमिक वचत योजनामा सहभागी हुने सदस्य संस्थाहरु संघसँग सुमधुर आर्थिक क्रियाकलापमा सक्रियरहेको भनि अभिलेख गरिनेछ, जसबाट आगामी दिनमा कर्जा लगायत अन्य गतिबिधिहरुमा सुविधा सहित प्रोत्साहन गर्न सकिनेछ । यो योजनामा सहभागी भएर नियमित हुन नसकेमा वा स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न चाहेमा संघले व्याजदरमा ३ प्रतिशत कटौती गरीअभिलेख गर्नेछ । यो बचत योजना निरन्तर संचालनमा रहने छ । बचत सम्बन्धि थप व्यवस्था सवै किसिमको बचत खाताको संचालनका लागि संस्थाको निर्णयबाट तोकिए बमोजिम कम्तीमा दुई जना संस्थाका पदाधिकारीको संयूक्त दस्तखत अनिवार्य हुनेछ । बचतको व्याजदर समितिले निर्धारण गरे मुताविक रहने छ ।
ऋण
सदस्य सहकारी संघ/संस्थाहरुलाई आवश्यकता अनुसार विभिन्न शर्षकमा अवधि तोकि ऋण सापटी प्रदान गरिनेछ ।