• 097711661127
  • 9:30 AM -5:30PM
  • discofkavre@gmail.com

समृद्ध काभ्रे हाम्रो पहिचान घरघरमा सहकारी सदस्यता अभियान

बनेपा- जिल्ला सहकारी संघ लि.काभ्रेको आर्थिक वर्ष ०८१/ ०८२ को वार्षिक समिक्षा तथा २०८२÷०८३ को नीति योजना कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम गरेको
सघंका अध्यक्ष अमन पोटेको अध्यक्षमा भएको उक्त कार्यक्रममा संञ्चालक समिती, लेखा सुपरिवेक्षण समिती, सल्लाहकारहरु, बिभिन्न उपसमिती कर्मचारीहरुको सहभागिता रहेको थियो

कार्यक्रममा संघले आयोजना गरेको गतिबिधि एवं क्रियाकलाप तथा बित्तिय जानकारी गराईएको थियो भने प्रगती बिवरण चालु आर्थिक वर्षको निती, योजना, कार्यक्रम तथा बजेटको प्रस्तुतीकरण संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए

 समिक्षा कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्रधिकरणबाट जारी मापदण्ड त्यसले पार्ने असहज परिस्थितको बिषयमा छलफल हुनुका साथै आवश्यक संशोधन परिमार्जनको लागि पहल गरिने बताईएको छ कार्यक्रम संञ्चालन संघका सचिब प्रकाश बञ्जाराले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष शन्ति लामा तामाङले राखेकी थिईन्